कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी विकास निर्देशनालय

पशु अस्पताल तथा पशु सेवा कार्यालय

जुम्ला

परिचय

पशु सेवा कार्यालय २०३८ सालदेखि बिभिन्न नामले नामाकरण भई हाल पशु अस्पताल तथा  जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भई अनवरत रुपमा पशु विकास सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आई रहेको छ । यस कार्यलयको स्थापना पश्चातको विवरण निम्नअनुसारको छ ।
१. मिति २०३७/१२/२४ को सरकारको निर्णयानुसार पशु चिकित्सालयको रुपमा नामाकारण भएको ।
२. आ.व. ०३८/०३९ मा खाद्य तथा कृषि मन्त्रालय जिल्ला कृषि शाखा अन्तरगत पशु चिकित्सा इकाईको रुपमा स्थापित । 
३. मिति २०४२ /४/३ को निर्णयानुसार जिल्ला पञ्चायत सचिवालय अन्तरगत पशु विकास तथा पशु स्वास्थ्य शाखाको रुपमा नामाकरण भएको ।
४. मिति २०४५/५/१० को निर्णयानुसार जिल्ला पशु सेवा शाखाको रुपमा नामाकरण भएको ।
५. २०४९ सालमा कृषकहरुलाई एउटै छानाबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप जिल्ला विकास कार्यालय अन्तरगत पशु सेवा कार्यक्रम संचालन भएको ।
६. मिति २०५२/३/५ को कृषि मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०५२/४/१ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको ।
७. नेपाल सरकारको मिति २०७२ पौष ९ गतेको निर्णयद्धारा पशुपन्छी बिकास मन्त्रलयको संगठनात्मक सुधार अनुसार मिति २०७२/०८/१३ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको ।
८. नेपाल संघियतामा गए सँगै कर्णलि प्रदेश सरकारले निर्णय अनुसार मिति२०७६/०५/१६ गते भूमि व्यबस्था कृषि तथा सहकारी मत्रि  मा= बिमला के सी ज्यू बाट साबिकको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाट पशु अस्पताल तथा पशुसेवा कार्यालय को रुपमा उद्याटन भई स्थापना भएको ।

उद्देश्य

पशुपालन व्यवसायलाइ विविधिकारण , व्यवसायिकरण, आयमूलक तथा सम्मानित पेशाको रुपमा स्थापित गराउने र प्रादेशिक एवं राष्ट्रिय उत्पादनमा योगदान पुर्याउने यसको मुख्य उद्देश्य छ भने अन्य उद्देश्यहरु निम्नानुसार रहेका छन् |

  1. पशुपन्छी तथा पशुजन्य पदार्थको उत्पादन तथा उत्पाडकत्वमा वृद्धिगर्ने |
  2. परम्परागत एवं   निर्वाहमुखी पशुपन्छीपालनलाई  व्यवसायीकरण गर्दै कर्णाली प्रदेशलाई पशुपन्छीजन्य पदार्थ (दुध , दुग्ध पदार्थ , मासु , अण्डा) उत्पादन र उपभोगमा आत्मनिर्भर वनाई कुपोषण हटाउने तथा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने तथा पशुपन्छीजन्य पदार्थ निर्यतउन्मुख गराउने|
  3. पशुपन्छी उत्पादक कृषक, समुदाय, सहकारी संस्था एवं उद्धमीहरुलाई प्राबिधिक सेवा, उन्नत नश्ल, दाना र आहारा, पशु स्वास्थ्य सेवा, सुलभ ऋण र पशु बिमा जस्ता सेवा उपलब्ध गराउने र व्यावसायिकपशुपन्छीपालन, श्रोत विकास तथा बजार व्यवस्थापन आदि कार्यमा निजी क्षेत्रसंग सकृय सहकार्य गर्ने|
  4. पशुपन्छी उत्पादन, पशुपन्छीजन्य उद्द्योग स्थापना र पशुपन्छीजन्य व्यापारलाई प्रोत्साहन दिई रोजगारीका थप अवसरहरु सिर्जना गर्न|
  5. पशुपन्छीजन्य उद्द्योग व्यवसायसंग सम्बन्धित सामाग्रीहरुको गुणस्तर निर्धारण, सुधार तथा नियमन गर्ने|
  6. आर्थिक तथा जनस्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण पशुपन्छी रोगहरुको रोकथाम, नियन्त्रण तथा उन्मूलन गरि स्वच्छ पशुजन्य उत्पादन अभिवृद्धि गर्ने|
  7. लोपोन्मुख प्रजाति र नश्लका  पशुपन्छीहरुको पहिचान, संरक्षण, संवर्द्धन र विकास गर्दै लैजाने|
  8. पशुपन्छी बिकासको क्षेत्रलाई नविनतम खोजमा आधारित, प्रबिधियुक्त, बिशिष्टीकृत, परिणाममूखी र प्रतिस्पर्धी बनाउदै लैजाने|
  9. पशुपालनको माध्ययम्बाट अर्गानिक फर्मिंगमा जोड दिदै जाने|


योजना